चालू आर्थिक बर्षको चार महिनामा व्यापार घाटा ३०७ अर्ब बढी

Advertisement

काठमाडौँ: आर्थिक बर्ष २०७४/७५ को चार महिनासम्ममा कुल वस्तु व्यापार घाटा ११.१ प्रतिशतले बढी ३०७ अर्ब ९६ करोड रुपियाँ पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.९ प्रतिशतमा रहको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

चालू आर्थिक बर्षको चार महिनासम्ममा कुल वस्तु निर्यात ७.५ प्रतिशतले वृद्धि भई २६ अर्ब ३५ करोड रुपियाँ  पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ २ प्रतिशत, चीनतर्फ ३३.५ प्रतिशत र अन्य मुलुकतर्फ १३.३ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पती घ्यू, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैंची, जि.आई.पाईप, उनी गलैंचा लगायतका वस्तुहरूको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात १०.८ प्रतिशतले बढेर ३३४ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८७.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १२.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.४ प्रतिशतले बढेको छ भने चीनबाट भएको आयात ४.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपूर्जा लगायतका वस्तुको आयात बढेको छ भने कृषिजन्य उपकरण, विद्युतीय सामान, रासायनिक मल लगायतका वस्तुहरूको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा बिरगञ्ज भन्सार र कृष्णनगर भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र रसुवा भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement