नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई काटियो पत्र

Advertisement

काठमाडौंः नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) एवं एमालेबाट हालै प्रतिनिधिसभा सदस्य विजयी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले ललितपुर प्रहरीलाई पत्र काटेको छ ।

नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) हुन आफ्नो कार्यसम्पादन मूल्यांकनको कागजपत्र किर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले मंगलबार प्रहरी परिसर ललितपुरलाई पत्र काटेको हो।

प्रहरी महानिरीक्षक प्रकरणमा अदालतदेखि सरकार राजनीतिक दलहरुसमेत विभाजित बनेका थिए । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा क्षेत्रीय नाताले डिआइजी जयबहादुर चन्दलाई आइजिपीमा बढुवा गर्नासाथै सिलवाल त्यसविरुद्ध अदालत गएका थिए ।

उक्तको रिटमा तत्कालिन प्रधानायाधीस सुशीला कार्कीले तत्कालै अन्तरिम आदेश दिएर चन्दको बढुवा राकाएकी थिइन भने पछि सिलवाललाई आइजिपीमा बढुवा गर्नुपर्ने गरी चन्दको बढुवाको निर्णयलाई खारेज गर्दा वरिष्ठताका आधारमा आइजीपी नियुक्ती गर्न आदेश दिएकी थिइन ।

सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकनको फाइल सरकारी छानविन समितिले किर्ते भएको फेला पारेको थियो भने सरकारले सिलवाललाई आइजिपी नबनाएर प्रकाश अर्याललाई आइजिपी बनाएको थियो । त्यसविरुद्ध पनि सिलवाल अदालत गएका थिए ।

ढिलो गरी सार्वजनिक गरिएको सिलवालको मु्द्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठमा उक्त कार्यसम्पादन मूल्यांकनको कपी सक्कली हो वा नक्कली भन्ने सम्बन्धमा अनुसन्धान गर्न भनिएको छ। उक्त फैसलाको आधारमा प्रहरीले पुनस् अनुसन्धान सुरु गरिएको बताएको छ।

सर्वोच्चबाट मुद्दा हारेपछि एमालेमा प्रवेश गरेका सिलवालले ललितपुर क्षेत्र नं. १ बाट टिकट पाएर चुनाव जित्न सफल भएका थिए ।

Advertisement

Advertisement

Advertisement