उन्नति माइक्रोफाइनान्सको साधारण सेयर आवेदनको आज अन्तिम दिन, म्याद नथपिने

Advertisement

काठमाडौं: उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले जारी गरेको साधारण सेयर (आइपीओ) मा आवेदन दिने मंगलबार अन्तिम म्याद रहेको छ ।

मंगलबार कार्यालय समयसम्म मात्र यो आइपीओमा आवेदन दिन सकिनेछ । कम्पनीले पुस २१ गतेदेखि १ लाख ६५ हजार कित्ता आइपीओ निष्कासन गरेको छ ।

यसमध्ये ४ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ८ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

बाँकी रहेको सेयर एक लाख ५० हजार १५० कित्ता भने सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

उन्नतिले प्रतिकित्ता १०० रुपियाँ दरले आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले मंगलबा सम्ममा आवश्यक मात्रामा आवेदन नपरेमा भने माघ ५ गतेसम्म भर्न सकिने जनाएको छ । तर पछिल्लो समय आइपीओ र एफपीओमा सर्वसाधारणको आकर्षण अत्याधिक रहेकाले यसमा पनि आवश्यक मात्रामा आवेदन परिसकेको छ । त्यसैले उन्नतिको आइपीओ पनि मंगलबार नै बिक्री बन्द हुनेछ । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement