नेको इन्स्योरेन्सलाई बोर्डले दियो ५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमती

Advertisement

काठमाडौंः नेपाल धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमती दिएको छ । बोर्डले नेकोलाई २ः१ को अनुपातमा ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर बिक्रीको लागि अनुमती दिएको हो ।

हकप्रदको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । नेकोले बिमा समितिले तोकेको एक अर्ब रुपियाँ चुक्ता पूँजी पुर्याउनको लागि हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीको गत असोजमा सम्पन्न भएको साधारण सभाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भइसकेको छ ।

उक्त बोनस सेयरपछि भने नेकोको चुक्ता पूँजी ७८ करोड ४० लाख ८० हजार रुपियाँ पुगेको छ । कम्पनीले यही चुक्ता पूँजीबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । कहप्रद बिक्रीपछि नेकोको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख ७२ हजार ८११ रुपियाँ हुनेछ ।

नेकोले चालु आवको पहिलो त्रैमासमा तीन करोड ६१ लाख रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement