काठमाडौंः कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध बैंकहरुले संयुक्त रुपमा भिसासँग सहकार्य गरी भिसा कार्डका ग्राहकहरुले हरेक सामान÷सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना ल्याएका छन् ।
अब, भिसा कार्डको डेविट वा क्रेडिट कार्ड मार्फत कुनै पनि वस्तु खरिदको झक्तानी गर्दा आफ्नो खातामा १० प्रतिशतसम्मको छुट पाउनेछन् । कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकहरुले यो योजना सुरु गरेका हुन् ।
नगद बिनानै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिट÷क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने उद्देश्यका साथ उक्त योजना सुरु गरिएको जनाइएको छ । योजनामा सहभागीता जनाउनका लागि पाँच सय रुपियाँको कारोबार ग्राहकले गनुपर्ने छ ।
कारोबार संख्या (मासिक) नगद फिर्ता
१ देखि ३ पटक सम्मको कारोबारमा २% वा अधिकतमा रु. १००—
४ देखि १५ पटक सम्मको कारोबारमा ५% वा अधिकतमा रु. २००—
१६ देखि ३० पटक सम्मको कारोबारमा ७% वा अधिकतमा रु. ५००—
३१ देखि ५० पटक सम्मको कारोबारमा १०% वा अधिकतमा रु. १०००—
(शर्तहरु लागु हुने छ ) ।