कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

Advertisement

काठमाडौँ: कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयरमा ३४६ रुपियाँमा नयाँ सेयर मूल्य समायोजन भएको छ।

नेपाल स्टक एक्सचेन्जले आज बैंकको नयाँ सेयर मूल्य समायोजन गरेको हो र बैंकको औसत प्रतिसेयर आधार मूल्य ४३३ रुपियाँ तोकिएको छ । बैंकको अन्तिम सेयर कारोबार मूल्य ४१५ रुपियाँमा भएको थियो ।

बैंकको २० प्रतिशत सेयर सुनिश्चित गर्न माघ १५ गते सेयरधनी दर्ता किताव बन्द गर्दैछ । बैंकको साधारण सभा माघ २९ गते बस्दैछ ।

त्यस्तै, आउने सभामा बैंकले एक दसमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्नेछ ।

बैंकले साधारण सेयरधनीलाई हाल कायम ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपियाँको २० प्रतिशतले हुने १ अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपियाँ बोनस सेयरमा खर्च गर्नेछ ।

यसैगरी, कर तिर्न बैंकले ७ करोड ४६ लाख ७ हजार १५८ रुपियाँ नगद दिन लागेको हो ।

बैंकले अग्राधिकार सेयरधनी (नेपाल सरकार) लाई पनि ६ प्रतिशतले हुने ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपियाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजाने छ ।

बैंकले २० प्रतिशत बोनस सेयरपछि चुक्त पुँजी ८ अर्ब ५० करोड ५२ लाख १६ हजार रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement