बलिउड चलचित्रको कमाई सय करोड भारु अब सामान्य

Advertisement

एजेन्सीः बलिउड चलचित्र इन्डस्ट्रीले सय करोड कलेक्शन गर्नु अब सामान्य भएको छ । अब ठुला कलाकार अभिनित अधिकांस चलचित्रका व्यापार तीन सय करोडको हाराहारीमा आउन थालेका छन् ।

केही समय अगाडीसम्म पनि बलिउड चलचित्रको सफलताको मापन सय करोड भारु मान्ने गरिन्थ्यो । अब पहिलाको उक्त सय करोडको कमाई पछाडी छोडिएको छ ।

चलचित्रको बजेट ७०/८० करोड भारु
हिन्दी चलचित्रको बजार बढीरहेको बेला स्टार नायक नायिका अभिनित चलचित्रको सय करोड कमाई भारतमा सामान्य रुपमा लिन थालिएको छ । नाम चलेका स्टार अभिनित चलचित्रको बजेट ७०/८० करोड भारु हुने गरेको छ ।

निर्माताले निर्माणमा भन्दा कलाकारको पारिश्रमिकमा र चलचित्रको प्रमोशनमा पैसा धेरै खर्च गर्छन् । बलिउड चलचित्रको बजार अब बक्स अफिसमा सिमित नभई ओभरसिज विजनेश पनि हो ।

चीनको बक्स अफिसमा अमिर खानको जादू
अमिर अभिनित चलचित्र ‘सिक्रेट सुपरस्टार’ले हाल चीनमा धमाका मच्चाएको थियो । सिक्रेट सुपरस्टारले मात्रै चीनको बक्स अफिसमा चार सय २० करोड भारुको व्यापार गरेको छ । तर, भारतमा यो चलचित्रले खासै कमाउन सकेको थिएन ।

भारतीय समाचार माध्यमका अनुसार अमिर लामो समय देखि चीनमा आफ्नो व्यापार विस्तार गर्न लागिपरेका छन् ।

भारतीय बजारमा सलमान खानको शासन
बलिउड सुपरस्टार सलमान खानको चलचित्रले भारतमा कमाईको नयाँ रेकर्ड बनाउँदै गएका छन् । केही हप्ता अगाडी प्रदर्शनमा आएको चलचित्र ‘टाइगर जिन्दा हे’ प्रदर्शनमा आएको छ हप्तामा करिब तीन सय ३६ करोड भारुको व्यापार गरिसकेको छ ।

अहिलेपनि उक्त चलचित्र सिनेमा हलहरुमा चलिरहेको छ । चलचित्र ‘पद्यावत’ कयौं राज्यमा प्रतिबन्ध हुँदा ‘टाइगर जिन्दा हे’ लाई ठुलो फाइदा पुगिरहेको छ ।

‘पद्यावत’ को यात्रा जारी
भारतीय समाचार माध्यमको अनुसार ‘पद्यावत’ले तीन सय करोडको कमाई सजिलै गर्छ । चलचित्रले अहिले सम्ममा एक सय १५ करोडभन्दा बढीको आम्दानी गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement