नेप्सेमा सुधारको संकेत कायमै, साताको अन्तिम दिन सात अंकले बढ्यो

Advertisement

काठमाडौंः सेयर बजार आज विहीवार एकल अंकले बढेर एक हजार ४११ दशमलव ११ अंक कायम भएको छ । एक हजार ४०४ दशमलव ४९ अंकबाट सुरु भएको नेप्से सात दशमलव ०६ अंकले बढेको उक्त अंकमा कायम भएको हो । बुधवार भने नेप्सेमा दुई दशमलव २६ अंकको सामान्य वृद्दि देखिएको थियो ।

विहीवार बीमा समुहको कारोबार १६ दशमलव ०४ अंकले वृद्दि भएर सात हजार २२७ दशमलव ५४ अंकमा पुग्यो । यस्तै, लघुवित्त समुहमा १२ दशमलव ४१ अंकले, अन्य समुहको नौ दशमलव ८८ अंकले बढेको छ । यद्यपी, हाइड्रोपावर समुह एक दशमलव ४९ अंकले घटेको छ ।

आज नेप्सेमा कारोबार रकममा भने हिजोको तुलनामा सुधार आएको छ । आज नेप्सेमा नेप्सेमा ४१ करोड सात लाख ९८ हजार ६६३ रुपियाँको ११ लाख ५६ हजार बढी कित्ता सेयर किनबेच भए ।

‘क’ वर्गका बैंकहरुको सुचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स एक दशमलव ५० अंकले बढेर २९८ दशमलव १२ अंक कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement