मोदीको दूत बनेर स्वराज आइपुगिन काठमाडौं, पहिलो भेट नै केपी ओलीसँग

Advertisement

काठमाडौँः भारतकी विदेश मन्त्री सुस्मा स्वराजको विशेष नेपाल भ्रमण सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर
आएकी स्वराज केहीबेर अघि काठमाडौं आइपुगेकी हुन ।

उनलाई स्वागत गर्न नेपालको तफृबाट अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्रसचिव शंकर बैरागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए भने भारतीय राजदूत मञ्जिव सिंह पनि विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट सोझै सोल्टी होटल प्रस्थान गरेकी स्वराजले आजैबाट वामगठवन्धनबाट भावी प्रधानमन्त्रीको रुपमा औंल्याइएका केपी ओलीलाई भेट गर्ने कार्यक्रम रहेको छ । ओलीसँग उनको आज साँझ छ बजे उनकै निवास बालकोटमा भेट गर्ने कार्यक्रम रहेको छ ।

पछिल्लो समयमा भारतको क्रियाकलापको कटु आलोचना र राष्ट्रवादी छवी बनाएका ओलीलाई पछिल्लो प्रतिनिधिसभाको निर्वाचनको नजितापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक फोनवार्ता गरिसकेका छन् ।

स्वराजले पहिलो भेट सरकार प्रमुख, राष्ट्र प्रमुख, परारष्ट्रमन्त्रीबाट गर्ने चलन रहे पनि स्वराजले ओलीलाई नै पहिलो पटक भेट्न लाग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

Advertisement

Advertisement

Advertisement