प्रहरी कार्यालयमा डिजिटल मोबाइल रेडियो प्रविधि सेवा शुरु

Advertisement

तुलसीपुर, दाङः जिल्ला प्रहरी कार्यालय दाङमा शुक्रबारदेखि डिजिटल मोबाइल रेडियो प्रविधि सेवा शुरु भएको छ । उक्त सेवाको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले शुभारम्भ गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले प्रहरीलाई प्रविधिमैत्री बनाउने काम भइरहेको बताए । यो प्रविधिले मोबाइल फोनजस्तै काम गर्ने, कुन सेट कहाँ र कस्ले प्रयोग गरिरहेको छ भन्ने कुरासमेत थाहा पाउन सकिनेछ ।

जिपिआर सिस्टम सहितको प्रविधिको प्रयोगले झुटो रिपोर्टिङ गर्न नमिल्ने, विगतका दिनमा एक ठाउँमा रहेको प्रहरीले अर्को स्थानमा रहेको भन्दै ढाँट्ने गरे पनि अब यो प्रविधिको प्रयोग पछि त्यसो गर्न नमिल्ने भएको छ ।

यो नयाँ प्रविधिमा एसएमएससँगै आवाज रेकर्ड गर्न मिल्ने अन अफसँगै कसले कहाँ प्रयोग गर्यो सबै थाहा पाउन सकिनेछ । प्रयोगकर्ताले एक वा समूह दुवैसँग एकैपटक कुरा गर्न मिल्ने र कुनै घटना घटेको छ भने घटनास्थलनजिक कुन प्रहरी चौकी वा कार्यालय छ भनेर तत्काल थाहा पाउन सकिने भएकाले घटनाका बारेमा छिटो अन्य प्रहरीलाई जानकारी गराउन सकिनेछ ।

Advertisement

Advertisement

Advertisement