आइएमई जनरल इन्स्योरेन्सको दुई शाखा तथा एक उपशाखा सञ्चालनमा

Advertisement

झापाः आइएमई जनरल इन्स्योरेन्सले दुई ओटा शाखा एउटा उपशाखा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले झापाको दमक, सुनसरीको इटहरीमा दुई शाखा र मोरङको विराटचोकमा उपशाखा खोलेको हो ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तवादे श्रेष्ठले आफ्ना ग्राहकलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा सञ्चालनमा ल्याउने बताए । उनले कम्पनीको प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिँदै कम्पनीले दोस्रो त्रैमासिकसम्म ४३ कारोड रुपिँया बीमा शुल्क कमाएको जानकारी दिए ।

कम्पनीका सञ्चालक योगेश्वर शर्मा ढकाल र प्रतापजङ्ग पाण्डेले शाखाको उद्घाटन गर्दै औपचारिक सञ्चालनमा ल्याए । कार्यक्रममा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैङ्क, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय उद्योगी उपस्थित थिए । साथै, व्यापारी, व्यावसायीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरु पनि उपस्थिति थिए ।

शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।

नयाँ शाखासहित इन्स्योरेन्सको देशभर शाखाको संख्या २६, तीन उपशाखा, १० सेवा काउण्टरका साथै प्रधान कार्यालय सहित ४० स्थानबाट कम्पनीले सेवा दिइरहेको छ । इन्स्यारेन्सले भविष्यमानै थप १४ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

Advertisement

Advertisement

Advertisement