काँग्रेस, माओवादी र मधेशवादीदलहरुले आज समानुपातिकको सूचि बुझाउँदै

Advertisement

काठमाडौँ: प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचि बुझाउने आज अन्तिम दिन नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आ-आफ्ना सूचि निर्वाचन आयोगमा बुझाउँदै छन् ।

यस्तै आजै, मधेस केन्द्रित दलहरुले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची बुझाउने छन् । यता एमालेले भने हिजो नै सूची बुझाइसकेको छ ।

आयोगले सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरेको छ ।

समानुपातिकको सूची बुझाउन बाँकी रहेका दलहरु बिहानैदेखि गृहकार्यमा व्यस्त छन् । नामावलीबारे छलफल गर्न नेपाली कांग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सामानुपातिकतर्फ ४० सिट पाएको कांग्रेसले २० जना महिला पठाउनु पर्नेछ ।

अध्यक्ष प्रचण्ड चितवनबाट फर्किएपछि माओवादी केन्द्रले पनि सूचीको टुंगो लगाउने भएको छ । माओवादीले १७ जनाको नाम पठाउनु पर्ने हुन्छ । संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट पाएका छन् ।

Advertisement

Advertisement

Advertisement