सेयर बजारमा सामान्य सुधार, कारोबार पनि बढ्यो

Advertisement

काठमाडौंः लामो समयदेखि ओरालो बाटोमा लागेको सेयर बजार आज सामान्य सुधार भएको छ । सेयर बजार परिसुचक नेप्से आज आठ दशमलव ६५ अंकले बढेको छ भने कारोबार रकम पनि बृद्धि भएर ३८ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ ।

वित्त, उत्पादनमूलक र अन्यबाहेक बाँकी समूहको उपसुचकहरुमा सुधार आउँदा नेप्सेमा एकल अंकको वृद्धि भई एक हजार ३८९ अंकमा पुगेको छ । नेपाल लाइफ इन्स्योरेन्स र प्रभु बैंकको मात्रै पाँच करोड रुपियाँ भन्दा बढिको सेयर किनबेच हुँदा कारोबारमा सुधार आएको हो ।

Advertisement

Advertisement

Advertisement