प्राइम लाईफको १६० प्रतिशत हकप्रद सेयर फागुन २७ बाट खुल्ने, आबेदन दिने अन्तिम मिति बैशाख २ गते

Advertisement

काठमाडौं: प्राइम लाईफ इन्स्योरेन्सको १६० प्रतिशत हकप्रद सेयर फागुन २७ गतेदेखि खुल्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रुपियाँ अंकित मूल्यमा ९७ करोड ६३ लाख २० हजार रुपियाँ बराबरको ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १७ गतेदेखि शेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । यसर्थ कम्पनीको १६० प्रतिशत हकप्रद प्राप्त गर्नका लागि फागुन १६ गतेसम्म सेयर खरिद गर्नुपर्ने हुन्छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा फागुन २७ गतेदेखि २०७५ वैशाख २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement