विप्लव नेतृत्वका दुई विद्यार्थी नेता चलौनी र न्यौपाने पक्राउ

Advertisement

काठमाडौं: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका विद्यार्थी संगठनका दुई जना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विद्यार्थी संगठनका केन्द्रीय महासचिव दिपेन्द्र चलौनी र काठमाडौं जिल्ला सचिव किशोर न्यौपाने पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले चलौनीलाई कमलपोखरी र न्यौपानेलाई कालिमाटीबाट पक्राउ गरेको हो ।

उनीहरुमाथि सार्वजनिक मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।प्रहरी यसअघिनै चार जना उनका कार्यकर्ता पक्राउ गरिसकेको छ।

Advertisement

Advertisement

Advertisement