पाँचसय रुपियाँका ३८ थान र हजारका दुइवटा नक्कली नोटसहित राजधानीबाट पाँच पक्राउ

Advertisement

काठमाडौं: जिल्ला हुँदै केन्द्रसम्म नेपाली ५०० रुपियाँको नक्कली नोट बजारमा आएको थाहपाएपछि काठमाडौं प्रहरी परिसरले राजधानीबाट २१ हजार रुपियाँबराबरको नक्कली नोटसहित पाँच जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नक्कली नोट चलाउने गिरोहका ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्छीखेलमा एमएस वर्कसप सञ्चालन गर्दै आएका ३० वर्षीय मनोज केसी, ललितपुर–१४, ताल्छीखेलकै २३ वर्षीय आशिष माझी, नेमा तामाङ, धनुषा घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका २५ वर्षीय धिरजबहादुर श्रीनेत ठकुरी छन् ।

त्यस्तै प्रहरीले भोजपुरको खावा–९ घर भइ हाल नख्खीपाट बस्दै आएका २५ वर्षीय निगम राई र सोलुखुम्बु तिम्ला–८ घर भइ काठमाडौंको कपन बस्दै आएका ३१ वर्षीय भेषकुमार थापा मगरलाई पनि पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले ३८ वटा ५ सय रुपियाँको र दुई वटा हजार रुपियाँको नक्कली नोट बरामद गरेको हो ।

प्रहरीले कारोबारीलाई पक्राउ गरेपनि नक्कली नोट बनाउने गिरोह नै भने पक्राउ गरेको छैन । पक्राउ परेका मध्ये नेमाले उक्त नोटहरु वीरगञ्जबाट ल्याएको बताएको, प्रहरी प्रबक्ता रामदत्त जोशीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement