होलीमा उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुने

Advertisement

धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले होली पर्व मर्यादित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा होली पर्वमा कसैको इच्छा विपरीत लोला हान्ने, रङ र अबिर दल्ने, मादक पदार्थ सेवन गरेर वा नगरी अभद्र व्यवहार गर्ने जस्ता अवाञ्छित क्रियाकलाप गर्नु नहुने आग्रह गर्दै कसैले उच्छृङ्खल गतिविधि गरेमा त्यस्ता व्यक्तिलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिने जनाइएको छ ।

यस वर्ष पहाडी जिल्लामा यही फागुन १७ र तराईका जिल्लामा फागुन १८ गते होली पर्वको सार्वजनिक बिदाको व्यवस्था सरकारले गरेको छ । यद्यपि तराईका कैलाली, कञ्चनपुरमा दुवै दिन होली मनाउने चलन पहिलेदेखि नै रहेको छ ।

Advertisement

Advertisement