प्रदेश दुईमा १० सदस्यीय मन्त्रिपरिषद गठन

Advertisement

जनकपुरः प्रदेश नम्बर दुईमा ठुलो सदस्यीय मन्त्रीपरिषद विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज (बुधवार) १० सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् ।

प्रदेशका मन्त्रीहरुलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कयस्थले सपथ ग्रहण गराएका हुन् ।
जसमा संघीय समाजवादी फोरमका ज्ञानेन्द्र यादवले गृहमन्त्रालयसमेतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा पाएका छन् ।

सरोज सिंह राज्यमन्त्री, शैलेन्द्र शाहले भूमि, कृषि तथा सहकारी मन्त्रालयको योगेन्द्र रायले जिम्मेवारी पाएका छन् । बनाइएको मन्त्री परिषदमा राजपाले दुई मन्त्री पठाएको छ ।

राजपाको नवलकिशोर शाहले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । साथै, फोरमका उषदेवी यादव राज्यमन्त्री भएकी छिन् । राजपाका रामनरेश राय उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Advertisement

Advertisement