सेयरबजार अनुत्पादन भन्ने अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजार चौपट, लगानीकर्ता डुबे

Advertisement

काठमाडौंः घरजग्गा र सेयर बजार अनुत्पादक क्षेत्र भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको अभिव्यक्तिको प्रभाव सेयर बजारमा नराम्रोसँग परेको छ । गएको साता बिबिसी नेपालीमा उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत थप फैलिएपछि आइतबार बजारमा त्यसको गहिरो प्रभाव परेको छ ।

सेयर बजार परिसुचक नेप्से आज एकै दिन ४१ दशमलव ५६ अंकले झरेर एक हजार ३०४ दशमलव ४३ पैसा कायम भएको छ । दिउसो ५० अंकभन्दा बढिले गिरावट भइ नेप्से एक हजार तीनसयबाट समेत ओरालो लागेकोमा पछिल्लो समयमा केही सुधार आएको हो ।

गर्भनरको अभिव्यक्तिसँगै नेप्से झरेर चारसयसम्म पुग्ने हल्ला चलेपछि आज बजारमा किन्ने भन्दा बिक्री गर्नेहरु धेरै भएका हुन । लामो समयदेखि घट्दै आएको बजार नयाँ सरकार र नयाँ अर्थमन्त्री आएसँगै सुधार आउने आशामा सेयर बिक्री नगरी बसेका लगानीकर्ताहरु अर्थमन्त्रीको अभिव्यक्तिसँगै सेयर बन्न हतारिए ।

आज सेयर बजारमा कुल ४८ करोड रुपियाँको सेयर किनबेच भयो । सेयर घटेको मौकामा किनेर राख्ने दाउमा रहेका मानिसहरु भने बजार अझै घटेपछि फरक नपर्ने तर्क गर्छन । आज कुल १५१ कम्पनीको सेयर कारोबार भएकोमा नाफा गर्ने कम्पनी जम्मा दुई वटा छन् ।

आज सबैभन्दा बढि व्यापार समूहको उपसुचक सात दशमलव ४७ अंकले झरेको छ भने बाणिज्य बैंक समूहको तीन अंकले, बिमा समूहको चार दशमलव २६ अंकले, लघुवित्त समूह तीन दशमलव ७२ अंकले, विकास बैंक समूह दुई दशमलव ६९ अंकले गिरावट भएको छ भने बाँकी समूहको गिरावट त्यो भन्दा कम छ ।

Advertisement

Advertisement

Advertisement