प्रदीप अभिनित ‘लिलिबिली’को ट्रेलर सार्वजनिक

Advertisement

काठमाडौंः युवा स्टार प्रदीप खड्का अभिनीत चलचित्र ‘लिलिबिली’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर मंगलवार युट्युबमा सार्वजनिक गरिएको हो ।

चलचित्रको दुई गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो चलचित्रको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । युवाहरु माझ लोकप्रिय प्रदीपको चलचित्रको ट्रेलरले चलचित्रको व्यापार उचाईमा पुर्याउने निर्माण पक्षले जनाएको छ ।

चलचित्र युनिटले चलचित्रमा रोमान्स, प्रेम, विछोड र एक्सनका दृश्यहरु समेटेर ट्रेलर ल्याएको छ । चलचित्रमा प्रदीप खड्का, नव नायिका जसिता गुरुङ र अनुप विक्रम शाही पनि मुख्य अभिनयमा रहेका छन् । साथै, ट्रेलरमा सविन श्रेष्ठ, प्रियंका कार्कीको पनि अभिनय रहेको छ ।

प्रेमकथामा आधारित चलचित्र भएर बनाइएको ट्रेलरले देखाएको छ । ‘लिलिबिली’ नेपालसँगै स्कटल्याण्ड, लण्डन, टर्की लगाएतका देशमा खिचिएको छ ।

Advertisement

Advertisement