गोद्रेजले मनायो ६०औं बर्ष, नेपालमा दुई बर्षभित्र तेस्रो स्थानमा पुग्ने र सात अर्बको कारोबार गर्ने लक्ष्य

Advertisement

काठमाडौंः उपकरणहरुको क्षेत्रमा लोकप्रिय ब्राण्ड गोद्रेजले आफ्नो स्थापनाको ६० औं बर्ष नेपालमा पनि मनाएको छ । उक्त ब्राण्डले सन् २०२० अर्थात अबको दुई बर्षमा नेपालको बजारमा तेस्रो स्थान लिने र सात अर्ब रुपियाँको कारोबार गर्ने लक्ष्य लिएको छ ।

नेपालमा चौधरी ग्रुपले बिक्री बितरण गर्दै आएको गोद्रेजका घरायसी उपकरणहरु लामो समयसम्म टिक्ने गर्दछ । गोद्रेज भारतको लिडिङ ब्राण्ड हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त ब्राण्डले नयाँ विशेषतासहितका विभिन्न विभिन्न उत्पादनहरु नेपाली बजारमा ल्याएको घोषणा गरियो ।

आज लन्च गरिएका उत्पादनहरुमा एयर कण्डिशनर, चेष्ट फ्रिजर, एनएक्सडब्ल्यु डुओ सेरिजका रेफ्रिजिरेटरहरु छन् । थप विशेषतासहित घरायसी आवश्यकता पूरा गर्ने यी उत्पादनहरुलाई नेपाली बजारमा ल्याइएको हो । यी सबै उत्पादनहरुमा १० बर्षको वारेन्टी दिइएको छ ।

नेपालमा अहिले गोद्रेजको साढे तीन अर्बको बजार रहेको छ । गोद्रेजको फ्यागसिप प्रोडक्टको रुपमा रहेको रेफ्रिजिरेटर नेपालको एप्लाइन्सेस इन्डष्ट्रिजमा १३ प्रतिशत बजार हिस्सासहित यसअघि नै चौथो नम्बरमा रहेकोले अब आक्रामक बजार विस्तारसहित हरेक नेपालीको घरहरुमा पुग्ने योजना ल्याएको छ ।

त्यसका लागि चौधरी समूहले आफ्ना १४० वटा डिलरको संख्या यसै बर्ष दुईसय पुर्याउने जनाएको छ । सिर्जनात्मक समय सान्दर्भिक र बाताबरणमैत्री प्रविधिका गोद्रेजका उत्पादनहरुले उर्जा कम खपत गर्छन ।

Advertisement

Advertisement

Advertisement