देब्रेको सट्टा दाइने घुँडाको अपरेशन गर्ने नर्भिक हस्पिटलका दुवै डाक्टर निलम्बित

Advertisement

काठमाडौंः नेपाल मेडिकल काउन्सिलले बिरामीको देब्रे घुँडाको अपरेशन (शल्यक्रिया) गर्नुपर्नेमा दाँया घुँडाको अपरेशन गर्ने नर्भिक हस्पिटलका दुवै जना डाक्टरलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

डाक्टरद्धय प्रविण नेपाल र शैलेस सिटौलालाई मेडिकल प्राक्टिस गर्न नपाउने गरी एक महिना निलम्बनमा राख्ने निर्णय गरेको हो । काउन्सिलको गएको यही फागुन २३ बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

नर्भिक अस्पतालमा कार्यरत डाक्टरद्धय नेपाल र रन्जितकारको टोलीले गत ११ फागुनमा बायाँ घुडाको शल्यक्रिया गर्न आएकी चितवनकी बिन्दु पौडेलको देब्रेको सट्टा दाइने घुँडाको अप्रेशन गरेका थिए ।

सो घटना सार्वजनिक भए लगत्तै काउन्सिलले प्रारम्भिक छानवीन गरि निलम्बनको निर्णय लिएको हो । काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारी भन्छन, ‘हामीलाई कसैले उजुरी गरेको थिएन । तर घटना गम्भीर देखेपछि हामी आफैले छानवीन अघि बढायौँ र यस्तो निर्णय लिएका हौँ ।’

उनले यस घटनामा छानवीन अझै नसकिएको र पछि ठहरेबमोजिम हुने गरी अहिलेलाई मेडिकल प्राक्टिस गर्न नपाउने गरी दुवै डाक्टरलाई एक महिनाको लागि निलम्बित गरिएको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement