विमान दुर्घटना भएकोमा होटल संघ चिन्तित

Advertisement

काठमाडौंः सोमबार बंगलादेशबाट नेपाल आएको युएस बंगला एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा हुन गएको दुर्घटनाले होटल संघ नेपाल (हान) तथा संघका समस्त सदस्यहरु स्तब्ध र मर्माहत भएको हानले जनाएको छ ।

उक्त दुर्घटनामा पर्यटन व्यवसायी, पर्यटक, विद्यार्थी तथा सर्वसाधारण नागरिकहरुको दुःखद् निधन भएकोमा यस संघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दुृर्घटनामा परी घाइते भएका सम्पूर्णहरुप्रति यस संघ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज हानले चिन्ता व्यक्त गरेको हो ।

नियमित रुपमा हुने गरेको यस किसिमको दुर्घटनाले विभिन्न मुलुकबाट नेपाल भित्रिने पर्यटकहरुलाई नकारात्मक प्रभाव पर्न गई पर्यटक आवागमनमा समेत कमी आउने हुनाले पर्यटकहरुमाझ विश्वशनीय वातावरण सुनिश्चितताका लागि संघले सरकारलाई आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement