सेञ्चुरी बैंक र प्रभु लाइफबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौंः सेञ्चुरी कमर्सियल बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच मंगलबार बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने छन् ।

उक्त सम्झौता पत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किसोरप्रसाद लामिछानेले हस्ताक्षर गरे ।

Advertisement

Advertisement

Advertisement