विवादास्पद चिनियाँ कम्पनीको पैसामा प्राधिकरणका सञ्चालकहरु चीन घुम्दै

Advertisement

काठमाडौंः म्याद सकिएको एक बर्षभन्दा बढि भइसकेका नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरु विवादास्पद एक चिनियाँ कम्पनी राइजन इनर्जी लिमिटेडको पैसामा दुई साताभन्दा लामो चीन भ्रमणमा गएको खुलासा भएको छ ।

सौर्य उर्जा परियोजनामा विवादमा परेको उक्त कम्पनीको मुद्दा अदालतमा विचाराधिन हुँदाहुँदै सोही कम्पनीको पैसामा प्राधिकरणका तीन जना सञ्चालक र एक जना कर्मचारीहरु दुई साता लामो भ्रमणमा गएको प्राधिकरणका एक कर्मचारीले स्वीकार गरे ।

नुवाकोटमा निर्माण गर्ने भनिएको २५ मेगावाटको सौर्य उर्जा परियोजनामा न्यूनतम बोलकबोल गर्ने कम्पनीलाई दिने भनिएको ठेक्का उल्ट्याएर अर्को कम्पनीलाई दिने क्रममा ठूलो आर्थिच खेलखेल हुनुको साथै सार्वजनिक खरिद ऐनलाई समेच मिच्ने काम भएको भन्दै सार्वजनिक लेखा समितिले राइजनलाई दिने भनिएको ठेक्का रद्द गर्न र नयाँ प्रक्रिया सुरु गर्न निर्देशन दिएको थियो ।

विवादकै बीच राइजनले एकपक्षीय ढंगले सौर्य उर्जाको काम अघि बढाउने प्रयास गर्दै आएको छ । विवादमा रहेको उक्त कम्पनीको पैसामा प्राधिकरणका सञ्चालकदेखि पत्रकारहरुलाई चीन घुमाउने काम भएको प्राधिकरण स्रोतको जिकिर छ । पत्रकारहरुमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा लेख्दै आएका पत्रकारहरुलाई मात्रै समावेश गरिएको छ ।

स्रोत भन्छन– प्राधिकरणले अफिसियल भिजिट भए मात्रै खर्च गर्ने हो । व्यक्तिगत घुमफिरको लागि अफिसले खर्च गर्दैन । उहाँहरुलाई कुनै चिनियाँ कम्पनीले लगेको होला ।’ उनले सञ्चालकदेखि पत्रकारहरुलाई खर्च गरेर चीन लैजाने कम्पनी राइजन भएको कुरालाई अस्वीकार गरेनन् ।

चीन घुम्न गएका तीनै जना सञ्चालकहरु चेतराज जोशी, उमेश थानी, भक्तबहादुर पुनको म्याद २०७४ सालको चैत २८ गतेबाटै सकिएको छ । तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणका सञ्चालकहरु मनोज मिश्र, लक्ष्मण अग्रवाल र सुरज लामिछानेलाई हटाएपछि उनीहरुको चैतसम्मको बाँकी कार्यकालका लागि जोशी, थानी र पुन नियुक्त हुनुपर्नेमा मन्त्री शर्माले चार बर्षका लागि नियुक्त गरिदिएका थिए ।



जबकी विद्युत प्राधिकरण ऐनको दफा १२ ले सञ्चालकहरु बीचमा हटेमा बाँकी कार्यकालको लागि मात्रै नियुक्त गर्न सकिने स्पष्ट लेखेको छ । प्राधिकरणमा सञ्चालकहरु प्रायः पूर्ण कार्यकालसम्म नटिक्ने र नयाँ नियुक्त गर्दा पनि बाँकी कार्यकालाई हेरेर नियुक्त नगर्ने परिपाटीले ऐनको दफा १२ को बारम्बार उल्लङघन हुने गरेको छ ।

सञ्चालक र पत्रकारहरु एकैपटक पठाउँदा विवाद हुने देखिएपछि घिसिङले दुई तीन दिनको ग्याप गरेर उनीहरुलाई चीन पठाएका हुन । सञ्चालकहरु घुमफिरमा समन्वय गर्ने काम प्राधिकरणकै कर्मचारी कोमलनाथ आत्रयले गरिरहेका छन् । चीतर्फको प्रसारणलाइन निर्माणमा भूमिका खेल्दै आएका आत्रय पूर्वउर्जाचिव राजेन्द्र क्षेत्रीप्रति बफादार कर्मचारी हुन ।

Advertisement

Advertisement

Advertisement