नेप्से १३०० नजिक पुग्यो, बीमा र लघुवित्त समूहमा उत्साहजनक सुधार

Advertisement

काठमाडौंः सेयर बजार परिसुचक नेप्से एक हजार तीनसय नजिक पुगेको छ । सोमबार १७ दशमलव ४२ अंकको वृद्धिसँगै नेप्से एक हजार २९७ दशमलव ५२ अंक कायम भएको हो । आइतबार नेप्सेमा सामान्य मात्रै वृद्धि भएको थियो ।

लघुवित्त र बीमा समूहका कम्पनीहरुको उपसुचक चार प्रतिशतभन्दा बढिले बढ्दा नेप्सेमा दोहोरो अंकको सुधार आएको हो । नेप्सेमा सुधारसँगै सेयर किनबेच पनि बढेर गएको छ । आइतबार ३० करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जमा आज ५७ करोड रुपियाँको कारोबार भएको छ ।

बीमा र लघुवित्तपछि वित्त र होटल समूहको कारोबार राम्रो देखिएको छ । यी दुवै समूहको उपसुचक दुई प्रतिशतभन्दाले उक्लिएको छ । आज सबैभन्दा बढि प्रभु इन्स्योरेन्सको सेयर दुई करोड ८१ लाख रुपियाँभन्दा बढिको कारोबार भएको छ ।

Advertisement

Advertisement

Advertisement