दुर्घटना बढाउने गरी सडकैभरि विज्ञापन, शहरको सुन्दरतासमेत बिग्रिँदै

Advertisement

काठमाडौंः राजश्व बढाउने भन्दै काठमाडौं महानगरपालिकाले सडकैभरि विज्ञापन राख्ने काम भएको छ । सडक छेउका पोलहरुमा विज्ञापन राख्ने विषय विवादित हुँदाहुँदै महानगरपालिकाले एक निजी कम्पनीलाई स्वीकृति दिएरै छाडेको छ ।

सडक किनाराका घर तथा भवनहरु सानादेखि ठूलठूला होडिङ बोर्डहरुले शहरको सुन्दरता बिग्रिएको बेला मुल तथा सहायक सडकहरुका पोलहरुमा समेत डिजिटल विज्ञापन बोर्डहरु राख्न दिइएको हो । गत बर्ष ट्राफिक प्रहरीले सुरक्षाको कारण देखाउँदै यस्ता विज्ञापन राख्न रोके पनि अघि फेरि खुल्ला गरिएको छ ।

अन्य मुलुकका शहरहरुमा नगन्य मात्रा देखिने डिजिटल विज्ञापन बोर्डहरु नेपालमा भने धमाधम थप्ने काम भएको छ । गत बर्ष तत्कालिन ट्राफिक प्रहरी प्रमुख तथा हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यस्ता बोर्डहरुले विशेषथरी रातिको समयमा दुर्घटना बढाउने भन्दै यस्ता विज्ञापन बोर्डहरु राख्न नदिइने बताएका थिए । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूहरुसँग कुनै सल्लाह नै नगरी सवारी दुर्घटना बढाउने विज्ञापनहरु राख्न महानगरले अनुमति दिएको भन्दै उनले आपत्ति समेत जनाएका थिए ।

तर, हालका ट्राफिक प्रहरीका सहायक प्रवक्ता मुकुन्द मरासिनीले भने सवारी दुर्घटनालाई अवरोध गर्ने र मुल सडकको चोकभन्दा २५ मिटर नजिक राखिएका जुनसुकै विज्ञापनहरु आफूहरुले हटाउने बताउँदै सडक किनाराका प्रत्येक पोलहरुमा झुण्ड्याइएका विज्ञापन बोर्डहरुले खासै समस्या नगर्ने तर्क गरे ।

यात्रु तथा विज्ञहरुले भने राजश्व बढाउने नाममा महानगरपालिकाका कर्मचारीले गैरजिम्मेवार तरिकाले विज्ञापनहरु राख्न अनुमति दिएको बताउँदै आएका छन् । महानगरपालिकाले एक निजी कम्पनीलाई विना मापदण्ड यस्ता विज्ञापनहरु राख्न अनुमति दिएको हो । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारीका क्रममा बेइजिङ पुगेका ज्ञवालीले चिनियाँ उपराष्ट्रपतिलाई समेत भेटेका छन् । उनले ओलीको चीन भ्रमणका एजेण्डाका साथै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि नेपाल भ्रमण गराउन परामर्श गर्ने जनाइएको छ ।

महानगरपालिका कार्यालयकै कर्मचारीहरुले आर्थिक प्रलोभनमा महंगो दररेट कायम गरी बिके ट्रेडर्स नामक कम्पनीलाई एक हजार २८५ वटा पोलहरुमा सौर्यबत्ति जडान र विज्ञापन राख्न अनुमति दिएको छ ।

सौर्यबत्तिको आयु पाँच बर्ष मात्रै हुने भए पनि यसअघिको भन्दा दोब्बर बढीको मूल्यांकन गरी दिइएको ठेक्कामा ठेकेदारलाई आफूखुशी पोलहरुमा विज्ञापन राख्न अनुमति दिइएको छ । त्यसरी विज्ञापन राखेवापत बिके ट्रेडर्सले प्रतिपोल महानगरलाई बर्षको सात हजार दुईसय र भाडावापत आठ हजार पाँचसय गरी १५ हजार सातसय बुझाए पुग्छ ।

केन्द्रीय राजधानीमा पर्ने महानगरका सडकहरुमा भिज्युअल पोलुशन (दृश्य प्रदुषण) बढाउने र सहरलाई कुरुप बनाउने गरी विज्ञापन राख्न उचित नहुने सरोकारवालाहरुले बताउँदा बताउँदै पनि महानगरपालिकाका उच्च तहका कर्मचारीहरुले व्यक्तिगत लाभका लागि विज्ञापन राख्न दिइएको भन्दै एक कर्मचारीले उनले भने, ‘सडकको दायाँ बायाँ पोलहरुमा विज्ञापनै विज्ञापन राख्न दिने कुराले यात्रुहरुलाई इरिटेड (रिस उठाउने) र उनीहरुको ध्यान डिस्ट्याक (भंग) गर्नेगरी जथाभावी विज्ञापन राख्न नदिउँ भन्दा पनि यहाँका केही व्यक्तिहरुको सिण्डिकेटले गर्दा दिइयो । यसले भोलि ठूलो समस्या सिर्जना गर्ने देखिन्छ ।’

यसअघि महानगर तथा सडक विभागले प्रतिपोल एक लाख पाँच हजारमा सौर्यबत्ति जडान गर्न अनुमति दिएकोमा हाल त्यसलाई सतप्रतिशत भन्दा बढि मूल्यांकन गरी प्रतिपोल दुई लाख ७० हजार रुपियाँमा ठेक्का दिएर ठूलो आर्थिक चलखेल गर्ने काम भएको महानगरपालिकाका असन्तुष्ट कर्मचारीहरुको गुनासो छ ।

सौर्य प्यानलको भाउ अन्तर्राष्ट्रिय बजारमा निकै सस्तिएको बेला यति धेरै मूल्यांकनमा ठेक्का दिनु जरुरी नरहेको उनीहरुको भनाई छ । व्यापारिक केन्द्र र राजमार्गका निश्चित ठाउँहरुमा चालकहरुका ध्यान डिष्ट्रयाक् नगर्ने खालका विज्ञापनहरु राख्न सकिने भए पनि राजधानीकै मुटु हरियाली बढाउन छोडेर विज्ञापनका बोर्डहरु राख्न हतारिने काम भएको कर्मचारीहरुको भनाई छ ।

Advertisement

Advertisement

Advertisement