सेयर बजारको सुधारमा ब्रेक, बाणिज्य बैंकका लगानीकर्तालाई बढी नोक्सान

Advertisement

काठमाडौंः केही दिनदेखि लगातार सुधार हुँदै गएको सेयर बजारमा सोमबार भने ब्रेक लागेको छ । सेयर कारोबार उत्साहजनक ढंगले बढे पनि सेयर बजार परिसुचक नेप्से भने २७ दशमलव २४ अंकले घटेको छ ।

आइतबार एक अर्ब १२ करोड रुपियाँको सेयर किनबेच भएकोमा आज बढेर एक अर्ब २९ करोड नाघे पनि नेप्से घटेर एक हजार चारसय नजिक पुगेको हो । निकै उचार चढाव रहेको आजको कारोबारमा सबैभन्दा बढि घाटा बाणिज्य बैंक समूहका लगानीकर्ताले सहेका छन् ।

बाणिज्य बैंक समूहको उपसुचक दुई दशमलव दुई प्रतिशतले घटेको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको यो समूहको सानो उचार बढावले नेप्सेमा बढी प्रभाव पार्दछ । त्यस्तै, होटल र जलविद्युत समूहका उपसुचकहरु तीन प्रतिशतभन्दा बढिले घटेका छन् भने व्यापार र अन्य समूहका उपसुचकहरु दुई प्रतिशतभन्दा बढिले घटेका छन् । बाँकी समूहको गिरावट सो भन्दा कम छन ।

आज १७० कम्पनीको सेयर कारोबार भएकोमा २५ वटा कम्पनीका लगानीकर्ताले मात्रै नाफा गरेका छन् भने बाँकी सबैले घाटा सहेका छन । आज नेपाल बैंकको सबैभन्दा बढि नौ करोड ५९ लाख रुपियाँको सेयर किनबेच भएको छ भने त्यसपछि बढि किनबेच हुने कम्पनीको पाँच करोड भन्दा कम छन ।

Advertisement

Advertisement

Advertisement