माछापुच्छ्रे बैंक र टर्कीको युनिभर्सल पेमेन्टबीच रेमिट्यान्स सम्झौता

Advertisement

काठमाडौः माछापुच्छ्रे बैंक र टर्की युनिभर्सल पेमेन्ट ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरकातर्फबाट संचालक समिति सदस्य शेरहन काभीले हस्ताक्षर गरे ।

सम्झौता संगै टर्कीबाट नेपाल रेमिट्यान्स भित्र्याउने माछापुच्छ्रे नेपालकै पहिलो बैंक भएको छ । युनिभर्सल टर्की स्थित अक्टिफ बैंकको पूर्ण स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो । सम्झौतासंगै टर्कीमा कार्यरत करिब १२ हजार नेपालीहरुले युनिभर्सलमार्फत नेपालमा पैसा पठाउन सक्ने छन् ।

माछापुच्छ्रे बैंकले नेपालभर आफ्ना ६२ वटा शाखाहरु, चार वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा ८४ स्थानबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement