प्रभुले दियो चण्डेश्वरीलाई पाँच थान कम्प्युटर

Advertisement

प्रभु बैंकले काभ्रेपलाञ्चोकको बनेपास्थित चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई पाँच थान कम्प्युटर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती कम्प्युटरहरु प्रदान गरेको हो ।

प्रभु बैंकमा बुधबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठमार्पmत कम्प्युटरहरु विद्यालयलाई हस्तान्तरण गरेका हुन । यसले विद्यालयलाई कम्प्युटर प्रणालीमार्पmत दैनिक प्रशासनिक क्रियाकलापमा सहयोग पुग्नुका साथै त्यहाँका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थीहरु तथा समग्र विद्यालय परिवारलाई सुचना तथा प्रविधिसँग साक्षात्कार गर्न थप मद्दत पुग्ने बैंकको विश्वास छ ।

साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिँदै आएको जिकिर गर्दै भूकम्प पीडितहरुलाई राहत सामग्री वितरण, अनाथ र अपाङ विद्यार्थीहरुलाई छात्रवृत्ति, निःशुल्क स्वास्थ्य जाँच, आँखा शिविर, बागमती नदी सरसफाई, वृक्षारोपण लगायतका क्रियाकलापहरुमा प्रत्यक्ष सहभागिता जनाउँदै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement