किसान माइक्रोफाइनान्को मुनाफा पचास प्रतिशतले घट्यो

Advertisement

काठमाडौंः किसान माइक्रोफाइनान्स वित्तिय संस्थाले तेस्रो त्रैमासमा खुद मुनाफा ६३ लाख रुपियाँ कमाएको छ । यो गत वर्षको तुलनामा ५० दशलमव ९५ प्रतिशतले घटेको हो ।

अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा एक करोड २९ लाख रुपियाँ कमाएको थियो । चार करोड रुपियाँ चुक्ता पूँजी भएको किसान माइक्रोफाइनान्सले जगेडाकोषमा चार करोड आठ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २३ करोड ३७ लाख रुपैयाँ मात्र संकलन गरेको छ । जसले कर्जामा ९७ करोड दुई लाख रुपियाँ लगानी गरेको छ । त्यस्तै खुद व्याज आम्दानीमा १६ दशमलव २७ प्रतिशतले घटेर तीन करोड ६४ लाख रुपियाँ पुगेको छ भने संचालन मुनाफा ६१ दशमलव ४९ प्रतिशतले घटेर ७८ लाख रुपियाँ आर्जन गरेको छ ।

किसान माइक्रोफाइनान्सको निष्कृय कर्जा दुई दशमलव ४८ प्रतिशत, पुँजीकोष अनुपात ८ दशमलव २२ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १५ दशमलव ८३ रुपियाँ, मुल्य आम्दानीको अनुपात ११४ दशमलव ९७ गुणा, तरलता अनुपात ३१ दशमलव ०३ प्रतिशत र प्रतिशेयर नेटवर्थ २०२ दशमलव १७ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement