आइएमई जनरल इन्स्योरेन्सको नाफा आठ करोड

Advertisement

काठमाडौंः आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आठ करोड २३ लाख रुपियाँ खुद मुनाफा कमाएको छ । कम्पनीले गत वर्षको तुलनामा खुद मुनाफामा ३२ दशमलव ७३ प्रतिशतले वृद्धि गर्दै आठ करोडभन्दा माथिको नाफा कमाएको हो ।

इन्स्योरेन्सले अ अघिल्लो वर्षको सोही अवधिमा छ करोड २० लाख रुपियाँ मुनाफा कमाएको थियो । कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपियाँ छ भने जगेडा कोषमा ११ करोड ४९ लाख रुपियाँ र बीमा कोषमा १३ करोड ४७ लाख रुपियाँ रहेको छ ।

कम्पनीको बीमाको आम्दानी ६५ दशमलव ५१ प्रतिशतले बढेर १४ करोड ४१ लाख रुपियाँ पुगेको छ । कम्पनीले बीमा शुल्कको रुपमा ६७ करोड ५२ लाख रुपियाँ कमाएको छ ।

कम्पनीको प्रति सेयर आम्दानी २० दशमलव ३४ पैसा, मुल्य आम्दानी अनुपात ४२ दशमलव ०४ गुणा रहेको छ ।

Advertisement

Advertisement

Advertisement