‘धुर्मुसको आवश्यक्ता हामीलाई भन्दा समाजलाई बढी’

Advertisement

काठमाडौंः चर्चित हास्य कलाकार दिपकराज गिरीले धुर्मुसको आवश्यक्ता आफ्नो टिमको लागिभन्दा पनि समाजलाई रहेको बताए । उनले शुक्रवार विहान सुर्यविनायकमा छक्का पञ्जा ३ को शुभमुहुर्त भइरहेका बेलामा उनले धुर्मुसको आवश्यक्ता समाजलाई भएको बताएका हुन् ।

धुर्मुस हाल वीर अस्पतालको भुईमा सफा गरिरहेका छन् । धुर्मुसले दुई वटा चलचित्रिमा सोही टिममा रहेर काम गरे पनि हाल उनी सामाजिक काम गरिरहेका छन् । धुर्मुसले गिरीको टोलीसँग मिलेर ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा अभिनय गरेका थिए ।

तर, उनी ‘छक्का पञ्जा’ देखि गिरीको टोलीसँग छुटिएका छन् । गिरीले सिताराम हाल समाजसेवामा लागि रहेकाले उनको आवश्यक्ता समाजलाई रहेको बताएका हु्न् । उनले धुर्मुसलाई चलचित्र खेलाएमा आफुहरुको त्यो ठुलो अपराध हुने बताए ।

Advertisement

Advertisement

Advertisement