आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गर्यो

Advertisement

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले मूल्यवृद्धि गरेको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरिएको बताए । निगमले पेट्रोल, डिजेल र मट्टितेलमामा प्रतिलिटर दुई रुपियाँ वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलको मूल्य एक सय १०, डिजेल र मट्टितेल प्रतिलिटर ९२–९२ रुपियाँ पुगेको छ । निगमले खाना पकाउने एलपिजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । अब निगमको नाफा घाटा शून्यमा झरेको गाइतको दावी छ ।

Advertisement

Advertisement

Advertisement