नेपाल बङ्गलादेश बैंकको दुई नयाँ शाखा धनुषाकोे धनौजी र सिराहाको अर्नमा

Advertisement

काठमाडौंः नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो ६८ र ६९औं शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले जेठ छ गतेबाट धनुषाकोे धनौजी र सिराहाको अर्नमा नयाँ शाखाहरुको सञ्चालनमा ल्याएको हो ।

बैँकले ग्रामीण भेगका जनसमुदायको सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले शाखा सञ्चालनमा ल्याएको जनाएको छ । साथै, यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

धनौजी र अर्नमा शाखाहरु सहित बैंकले ६९ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएकोे छ ।

Advertisement

Advertisement

Advertisement