नीति तथा कार्यक्रम प्रस्तुत

Advertisement

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा सरकारको आगामी आर्थिकको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । उनले सरकारको पहिलो नीति तथा कार्यक्रम सदनमा आज दिउँसो प्रस्तुत गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले दिउँसो ४ बजेदेखि सदनलाई सम्बोधन गर्न शुरु गरेकी थिइन् । सरकार गठन भएको ठीक तीन महिनापछि आज सरकारले आफ्नो नीति तथा कार्यक्रम सदनमार्फत सार्वजानिक भएको हो ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति प्रस्तुत गर्न प्रदान गरेका थिए ।

संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते केन्द्र, असार १ गते प्रदेश र असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । संयुक्त बैठक सकिएलगत्तै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठकले राष्ट्रपतिबाट भएको सम्बोधनप्रति धन्यवाद दिनेछ ।

राष्ट्रपतिले बैठकलाई सम्बोधन गर्ने क्रम अहिले पनि जारी रहेको छ ।

Advertisement

Advertisement

Advertisement