किसानको एक अर्ब ७७ करोड रुपियाँ नबुझाएपछि महोत्तरीको एभरेष्ट चिनी मिलमा ताला

Advertisement

महोत्तरीः महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा किसानले तीन दिनदेखि तालबन्दी लगाएका छन् । नेपालकै ठूलो चिनी उद्योगमध्येको एभेष्ट सुगर उद्योगमा किसानले उदु खरिदबापतको भुक्तानी माग्दै तालाबन्दी गरेका हुन् ।

आन्दोलनरत किसानले चिनी मिलका कर्मचारीले ताला खुलाउन पहल गर्नको साटो सम्पर्क बाहिर बस्न खोजेको आरोप लगाएका छन् । महोत्तरी, सर्लाही, रौतहट र धनुषाका २५ हजार बढी किसानले उखु बेचेवापत रकम नपाएपछि मिलमा तालाबन्दी गरेको जनाएका छन् ।

चिनी मिलबाट किसानले उखु बेचेको एक अर्ब ७७ करोड ९९ लाख ७२ हजार रुपियाँ बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको छ । आफ्नो बक्यौता रकम तीर्नुको साटो मिल प्रशासनले किसानलाई बेवास्ता गरेपछि मिलमा ताला लगाएको किसानले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement