राजधानीका सातै क्यासिनोमा प्रहरीको छापा, दुई जना पक्राउ

Advertisement

काठमाडौंः राजधानीका विभिन्न स्थानमा सञ्चालित सात वटा क्यासिनोमा प्रहरीले छापा मारेको छ । अपराध महाशाखाबाट खटिएको टोलीले क्यासिनोमा छापा मार्दै एक म्यानेजरसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेलिरहेका एकलाई र सोही क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई पक्राउ गरेको छ । महाशाखाले उनीहरुलाई जुुवा ऐन अनुसार कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।

प्रहरीले गैरकानुनी रुपमा नेपालीलाई क्यासिनोमा जुवा खेलाउने गरेको सुचनाको आधारमा छापा मारेको हो ।

Advertisement

Advertisement

Advertisement