चक्रपथको कलंकी-महाराजगन्ज खण्ड पनि चीनले आठ लेनको बनाइदिने

Advertisement

काठमाडौंः चीन सरकारले चक्रपथको कलंकी-महाराजगन्ज ८ लेन विस्तार गरिदिने भएको छ । अब उक्त सडक ६२ मिटर चौडाइ हुनेछ ।

कलंकी-सातदोबाटो-कोटेश्वर खण्ड (१० किमि) विस्तार गर्दै आएको चीनले पुनः कलंकी महाराजगन्ज विस्तार गर्ने भएको छ ।

चीन सरकारको अनुदान सहयोगमा चक्रपथको निर्माण सुधार विस्तार कार्य हुने काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

सडकको केन्द्रबिन्दुबाट दायाँ बायाँ ३१-३१ मिटरभित्र रहेका स्थायी वा अस्थायी संरचना तत्काल हटाउन अनुरोधसमेत गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

Advertisement

Advertisement

Advertisement