प्रहरीलाई दुई करोडमा सनमको शव लुकाउने जिम्मा दिएर भारत गएका थिए गोरे

Advertisement

मोरङः गोरेले बयान दिँदै सनमको हत्यापछि प्रहरीसँग शव लुकाउने सहमती भएपछि भागेर भारतको कलकत्ता पुगेको बताएका छन् । उनका अनुसार प्रहरीको विश्वास नलागेर भारत गएका थए । गोरेले प्रहरीसँग दुई करोडको डिल भए पनि प्रहरीको विश्वा नलागेपछि भारत गएको खुलाएका हुन् ।

सनमको हत्या भएपछि प्रहरीले शव लुकाउँदा पैसा लाग्ने बताएपछि, शव जंगलतिर फालेर परिवारलाई क्षतीपुर्ती दिने सहमती भएको गोरेले बताए । त्यसवापत प्रहरीलाई दुई करोड छुट्याइएको थियो ।

उनले प्रहरीलाई विश्वास गर्नु राम्रो होइन जस्तो लागेपछि भारत पसेको बताए । तर, अपराध महाशाखामा रहेका प्रहरीका उच्च अधिकारीहरुले भने गोरेलाई पक्राउ गर्न पुर्व लागेको बताएका छन् । गोरे नभागोस भनेर आर्थिक डिल गरेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement