सेयर बजारमैत्री बजेट आउँदा पनि नेप्सेमा उत्साह देखिएन

Advertisement

काठमाडौंः सरकारले सेयर बजारमैत्री बजेट ल्याएउँदा पनि नेप्सेमा उत्साह देखिएको छैन् । साताको अन्तिम आज नेप्से परिसुचकमा चार दशमलव ९४ अंकले घट्दै एक हजार ३२२ दशमलव २७ अंक कायम भएको छ ।

बुधवार नेप्से घटेपनि कारोबार भने ४३ करोड नौ लाख रुपियाँ बराबरका सात लाख कित्ता सेयर किनबेच भए । आज नेप्से घटेपनि बीमा समुहमा ११ दशमलव ५१ अंकले बढेको छ । यस्तै, फाइनान्स समूहमा र लघुवित्त समूहमा क्रमशः एक दशमलव ३१ र चार दशमलव ३८ अंक बढेको छ ।

वाणिज्य बैंक समूहमा सात दशमलव ५४ अंकले घटेको छ । यस्तै, उत्पाद समूहमा आठ दशमलव, विकास बैंक समूहमा सात दशमलव २९, जलविद्युत समूहमा छ दशमलव ७२ अंकले घटेको छ ।

व्यापार समूहमा र होटल समूहमा सम्मान चार अंकको गिरावट आएको छ ।

Advertisement

Advertisement

Advertisement