सनराइजबाट स्वास्थ्य बीमा रकम भुक्तानी

Advertisement

काठमाडौंः सनराइज बैकले आफ्ना ग्राहकका लागि ‘स्वास्थ्य बीमा सुविधा’ दिँदै आएको छ । यस बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले स्वास्थ्य उपचार गर्दा लाग्ने खर्च एक लाख रुपियाँमा नबढ्नेगरी आफ्नो खातामा रहेको बार्षिक औषत मौज्दातको दुई सय ५५ वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइने बैंकले जनाएको छ ।

त्यस्तैगरी, बैंकले कलंकीका ग्राहक शान्ति काउचालाई उपचार खर्चको रुपमा ३५ हजार रुपियाँ, नारायणगढका ग्राहक विक्रम अधिकरीलाई ७६ हजार आठ सय २७ रुपियाँ राधा श्रेष्ठलाइ चार हजार २२ र राजबिराजका ग्राहक रामअवतारलाई ४२ हजार एक सय ११ रुपियाँ प्रदान गरेको छ ।

बैंकले ‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत छुट प्रदान गर्दै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement