प्रदेश ७ मा २५ अर्वको बजेट ल्याउने तयारी

Advertisement

कैलालीः प्रदेश नम्बर ७ मा आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट घोषण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यस्था अनुसार बजेट घोषण अन्तिम चरणमा पुगेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले २५ अर्बको बजेट ल्याउन लागेको बताए । संघीय सरकारले प्रदेश नम्बर ७ का लागि २१ अर्ब एक करोड रुपियाँको ब्यवस्था गरेको छ ।

बजेटले कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, सडकलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ । प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने, माटो परीक्षण, कृषि बिमा, अनुदान लगायतका लोकप्रिय कार्यक्रम समेटिने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement