बजेटको अर्धवार्षिक समीक्षा गभर्नर अधिकारीद्वारा बहिष्कार

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतसँग तिक्तता बढिरहेको बेला अर्थमन्त्रालयले सोमबार आयोजना गरेको बजेटको अर्धबार्षिक समीक्षाको कार्यक्रम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बहिस्कार गरेका छन् । 

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अधिकारी अनुपस्थित भएका हुन् । अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारको रुपमा भूमिका निर्वाह गर्ने गभर्नर यस्तो समीक्षामा अनुपस्थित हुने कुरालाई अर्थपूर्णरुपमा लिइएको छ । 

Advertisement

गभर्नर अघिकारीविरुद्ध योग्यताको सहित दुई वटा मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । सोही मुद्दाका कारण उनी राजीनामा दिने पनस्थितिमा समेत रहेको बताइन्छ । केही दिनअघि १० दिन विदामा बसेर कार्यालय आउन थालेका गभर्नर अघिकारी र अर्थमन्त्री महतबीच लामो समयदेखि सम्वन्धमा चिसो रहँदै आएको छ । उनीहरु एकले अर्कोको सार्वजनिक कार्यक्रमममा आलोचना समेत गर्दै आएका छन् ।  

आजको समीक्षा बैठकमा उनले आफ्नो एक जना पनि प्रतिनिधि नपठाउनुले आगामी दिन राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच थप दूरी बढ्ने देखिएको छ । 

Advertisement

Advertisement