एलजीको स्मार्ट टिभीमा सित्तैमा नेट टिभी एप, सेटटप बक्स र तारबिना १२० च्यानल लाइभ हेर्न सकिने

Advertisement

काठमाडौंः विश्वकफ फुटबललाई लक्षित गर्दै एलजीले आफ्ना स्मार्ट टिभीहरुमा निःशुल्क नेट टिभी एपको विशेष अफर प्रस्तुत गरेको छ । यसबाट उपभोक्ताले बिना सेटटप बक्स तथा बिना तार नै १२० वटाभन्दा बढि टेलिभिजन च्यानलहरु हेर्न सक्नेछन् ।

अहिलेसम्म नेट टिभी एप मोवाइलमा मात्रै प्रयोग हुँदै आएकोमा अब ग्राहकहरुले यसको मज्जा टिभीमा पनि लिनसक्नेछन् । यसको लागि एलजीको कन्टेन्टस्टोरमा गएर एप डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरेपछि सम्पूर्ण च्यानलहरु एसडी र एचडी क्वालिटीमा हेर्न सकिने नेपालमा एलजीको बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

यस एपको सुरुवाती अफरको रुपमा निःशुल्करुपमा टिभी च्यानलहरु हेर्न मिल्ने जनाउँदै कम्पनीले एलजी स्मार्ट टिभीका ग्राहकहरुले अब चाँडै नै नयाँ रिलिज भएको चलचित्र ‘भिडियोअनडिमाण्ड’को न्यूनतम मूल्यमा मज्जा लिनसक्ने जनाएको छ । यो फिचर विकास गर्ने काम भइरहेको एलजीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement