ग्रीन डेभलपमेन्टको तीन लाख ३७ हजार सेयर दोस्रो पटक लिलामीमा

Advertisement

काठमाडौंः ग्रीन डेभलपमेन्ट बैंकको संस्थापक सेयर नबिकेपछि बैंकले फेरी पनि लिलामीमा राखेको छ । यसअअघि गत माघमा बैंकले हकप्रद सेयर जारी गरेकोमा आवेदन नपरेको तीन लाख ७५ हजार ५०० कित्ता सेयर लिलामीमार्फत बिक्रि गर्न गत जेठ १७ देखि आवेदन खुलाएका थियो ।

उक्त समयमा पनि ३८ हजार कित्ता मात्रै बिक्री भएको थियो । बजार मुल्य एक सय पचस हुँदा लिलामीमा राखेको सेयर एक सय रुपियाँमा पनि नबिकेकोले बैंकले बाँकिको तीन लाख ३७ हजार कित्ता सेयरको लागि फेरी पनि लिलामीमा आवेदन खोलेको छ ।

सेयर लिलामीमा आवेदन गर्दा लगानीकर्ताहरुले न्युनतम एक सय रुपियाँ प्रति सेयर कबोल रकम राखि असार ३ गतेदेखि १० गतेसम्म आवेदन भर्न सक्ने छन् ।

यस बैंकको सेयर खरिद गर्न लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, बैंकको कार्यालयबाट आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ । संस्थापक सेयरको लागि भने लक्ष्मी क्यापिल मार्केट नयाँबानेश्वर र ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयबाट मात्रै आवेदन दिन पाइने बैंकले बताएको छ ।

Advertisement

Advertisement

Advertisement