अमेरिकामा एनआरएनएको आयोजनामा सम्मेलन हुँदै

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा पहलमा नेपाली दिवस २०१८ को अवसरमा अमेरिकामा दुई दिने विज्ञ सेम्मलेन हुने भएको छ । एनआरएनएले अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पुर्व तयारीकारुपमा आइसीसी सम्मेलनको आयोजना गर्ने भएको हो ।

संघले विदेशमाबस्ने नेपालीहरुको ज्ञान सीप राष्ट्रहितका लागि प्रयोग गर्ने क्षेत्र र विधिको पहिचान गर्न विज्ञ सम्मेलन गर्ने बताएको
छ । सोही विज्ञ सम्मेलनको पूर्व तयारीस्वरुप यही आउँदो जुन १६ र १७ तारिखमा अमेरिकाको सान फ्रान्सिस्को शहरमा आयोजना गर्न लागेको आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण सभाको तयारी पूरा भएको संघले जानकारी गराएको छ ।

सम्मेलनमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाशचन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवतिप्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने जनाइएको छ ।

सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने,उपाध्यक्ष व्दय कुमार पन्त र कुल आचार्य,महासचिव डा बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा हेमराज शर्मा आईसीसीका अन्य पदाधिकारीहरु लगायतविभिन्न देशका एनआरएनएका पदाधिकारीहरुको उपस्थिति रहनेछ ।

यसका साथै अमेरिकास्थित नेपालका राजदूत,अवैतनिकतथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब पाँच सय जनाको सहभागिता रहने अपेक्षाछ ।

Advertisement

Advertisement

Advertisement