काँग्रेसले नियुक्ति गरेका सबैलाई हटाइन्छः रिजाल, आफै राजीनामा दिन सल्लाह

Advertisement

काठमाडौंः सत्ताधारी दलसँग निकट एक पत्रकारले सार्वजनिक संस्थानहरुमा सरकारी नियुक्ति लिएका काँग्रेस निकट सबैलाई अब क्रमसः हटाएर नयाँ राखिने बताएका छन् ।

गोरखापत्र संस्थानबारे अध्ययन गर्न सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले बनाएको समितिको संयोजकसमेत रहेका पत्रकार बिष्णु रिजालले राजनीतिक नियुक्ति लिएका काँग्रेसनिकट सबैलाई क्रमसः हटाउने बताएका हुन् ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रतिशोधपूर्ण ढंगले नेपाल टेलिभिजनमा राजु थापाले सञ्चालन गर्दै आएको कार्यक्रम बन्द गराएको विषयको सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि त्यसको बचाउ गर्दै रिजालले सरकार परिवर्तन भएपछि यसअघि काँग्रेस सरकारको पालामा राजनीतिक नियुक्ति लिएकालाई अब पदमा बस्न नसुहाउने तर्क अघि सारेका हुन् ।

उनले त्यसरी नियुक्ति खाएकाहरुले सरकार परिवर्तन भएपछि बसिरहन नसुहाउने भन्दै राजीनामा दिन सल्लाह पनि दिएका छन् । रिजालले काँग्रेसको पालामा राजनीतिक नियुक्तिमा जागिर खानेहरुले अहिले राजनीतिक प्रतिशोध लिएर हटायो भन्न नमिल्ने तर्क लोकसेवा पास गरेकालाई हटाएको हो र ? भनी प्रश्न तेस्र्याएका छन् ।

मन्त्रालयले गोरखापत्रमा जस्तै रेडियो नेपाल र नेपाल टेलिभिजनमा पनि कार्यकारी हटाउने उद्देश्यले अध्ययन समितिहरु बनाएको छ ।

Advertisement

Advertisement

Advertisement