उनीहरु नक्कली भूकम्प पीडित हुन्ः प्राधिकरण

Advertisement

काठमाडौंः नाम छुटेर गुनासो गरेका १२ जिल्लाका १८ हजार पाँच सय ७८ भूकम्प पीडितहरुमध्ये छ हजार सात सय ३६ लाई राष्ट्रिय पुनिर्माण प्राधिकरणले नक्कली भूकम्प पीडित भएको जानकारी दिएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका निजी आवास पुननिर्माणमा अनुदान दाबीगर्ने मध्येबाट प्राधिकरणले नक्कली पीडितको उक्त विवरण सार्वजनिक गरेको हो ।

प्राधिकरणले धादिङ, दोलखा, काभ्रे, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, काठमाडौं, रामेछाप, भक्तपुर, र ललितपुरका विभिन्न स्थानमा भूकम्प पीडितको गुनासो छानबिन गरी अनुदानका लागि आवेदन परेका १८ हजार पाँच सय ७८ आवेदक मध्ये छ हजार सात सय ३६ आवेदकलाई नक्कली पीडित ठहर गरेको प्राधिकरणले जानकारी दियो ।

वास्तविक पीडित भए र कुनै कारणबस छुटेको भए तोकिएको ढाँचामा निवेदन दिएर प्राधिकरणसमक्ष सम्पर्क राख्न प्राधिकरणले आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement