नेपाल बैंकले पायो एफपीओ निष्काशनको अनुमति

Advertisement

काठमाडौंः नेपाल बैंकलाई नेपाल धितो पत्र बोर्डले एफपीओ निष्काशन गर्न अनुमती दिएको छ । शुक्रबार बोर्डले एक अर्ब ७६ करोड ८४ लाख रुपियाँ बराबरको एक करोड ७६ लाख ८४ हजार कित्ता एफपीओ निष्काशनको अनुमती दिएको हो ।

बैंकले एक सय रुपियाँमा प्रिमियम एक सय ८० रुपियाँ थप गरि २८० सय रुपियाँ तोकेको छ । बैंकमा सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधरणको ३७ दशमलव ७९ प्रतिशत स्वामित्व छ ,

उक्त एफपीओ निष्काशनपछि बैंकमा सरकारी स्वामित्व ५१ प्रतिशत कायम हुने छ । यस्तै, सर्वसाधरणको ४९ प्रतिशत स्वामित्व हुनेछ ।

Advertisement

Advertisement

Advertisement